१ जेष्ठ २०८१, मंगलवार

अखिल किसान संघकाे जिल्ला अधिवेशन चैत९ गते
  • न्युज मानसराेवर

बाँके / नेकपा एमालेकाे भातृय संगठन अखिल किसान महासंघकाे जिल्ला अधिवेशनकाे तयारी गरिएकाे छ ।जिल्ला अधिवेशनका लागि बाँकेका आठ वटै स्थानीय तह बाट १० जना प्रतिनिधि छनाेट गरिने छ भने प्रत्यक वडा बाट २ जना प्रतिनिधि जिल्ला अधिवेशन सहभागी हुन पाउनु हुन्छ अखिल किसान महासंघ जिल्ला अध्यक्ष केवल प्रसाद शर्माले जानकारी गराए ।

जिल्ला अधिवेशन का लागि अखिल किसान महासंघमाे ७ ओै जिल्लाकाे पूर्ण बैठक समेत सम्पन्न गरिएकाे छ ।
७ ओै पूर्ण बैठकमा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चाज सुर्य ढकालले संगठन विस्तारमा सबै केन्द्रीत हुन निर्देशन गरेका छन ।

ढकालले पूर्ण बैठकमा जिल्ला अधिवेशका लागि पहिला बाँकेका ८ वटै स्थानीय तहहरूमा अखिल किसान संघकाे कमिटी विस्तार गर्न निर्देशन समेत गरेका छन ।

जारी पूर्ण बैठकले स्थानीय तहकाे अधिवेशन सम्पन्न गर्न जिल्ला बाट प्रतिनिधि समेत खटाउने निर्णय गरेकाे छ ।

त्यसैगरी बैठकले चैत १ गते राप्तीसाेनारी गाउँपालिकामा कमिटीकाे।नेतृत्व चयन गरिने बताईएकाे छ त्यसका लागि अखिल किसान संघ का केन्द्रीय सदस्य साेहन लाल यादवलाई जिम्मेवारी ताेकिएकाे छ ।

चैत २ गते नेपालगंज मा उपमहानगर कमिटीकाे नेतृत्व चयन गरिने छ । चैत ५ गते बैजनाथ गाउँवालिका र खजुरा गाउँपालिकाकाे पालिका स्तरीय कमिटी चयन गर्ने तालिका रहेकाे छ भने ६ गते डुडुवा गाउँपालिका अधिवेशन मार्फत नेतृत्व चयन गरिने छ अखिल किसान संघ बाँकेका अध्यक्ष केवल प्रसाद शर्माले जानकारी गराएका छन ।

जिल्ला अधिवेशन चैत ९ गते हुने छ ।अधिवेशन आयाेजक कमिटी पदेन सदस्यका रूपमा रहने व्यवस्था गरिएकाे छ ।पछिल्लो पटक जिल्लामा एमाले अभियान बढेकाे छ । उसले आफ्ना २३ भातृय संगठन वडा तहसम्म विस्तार गर्ने रणनीति अख्तियार गरेकाे छ ।
जिल्लाका ८१ वटा वडामा पछिल्लो समय भेला घर ,फर्के, जनतासंग एमाले ,पार्टी प्रवेश,अन्तरक्रिया जस्ता विभिन्न कार्यक्रमहरू जिल्ला स्तरमा अभियानका रूपमा संचालन गरेकाे छ ।

 

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech