६ जेष्ठ २०८१, आईतवार

लसुनदेखि ब्रोकाउलीसम्मले बचाउँछ क्यान्सरबाट, तर कसरी ?
  • न्युज मानसराेवर

बाँके\क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ :

लसुनमा भएको सल्फरले शरीरमा क्यान्सरको कोषिका बढ्नबाट रोक्छ । क्यान्सरपीडितले पनि लसुनको प्रयोग गर्दा राम्रो हुन्छ । थुप्रै अनुसन्धानले लसुन पेट क्यान्सरका लागि लाभदायक हुने पुष्टि गरेको छ ।

क्यान्सरबाट बच्न ब्रोकाउली सबैभन्दा बढी फाइदाजनक तरकारी हो । त्यसैले यसको नियमित सेवन गर्नुपर्छ । ब्रोकाउलीलाई स्टिम गरेर वा सलादको रूपमा प्रयोग गर्न सकिन्छ । फ्राई गर्दा भने यसमा भएको क्यान्सर प्रोटेक्टिभ फ्लोबेनाइड नष्ट हुन सक्छ ।

कागती, सुन्तलाजस्ता अमिलो फलको नियमित सेवनले क्यान्सरको सम्भावनालई घटाउने काम गर्छ । विभिन्न अध्ययनअनुसार भिटामिन सीयुक्त खाद्यपदार्थले मुख, घाँटी र पेट क्यान्सरको सम्भावनाबाट बचाउने पुष्टि गरेको छ ।

सेतो च्याउमा भरपुर मात्रामा सेलेनियम नामक तत्व हुन्छ । जसले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउँछ । यसले महिलाको ब्रेस्ट क्यान्सरको खतरालाई पनि कम गर्छ ।

इन्टरनेसनल जर्नलमा छापिएको एक रिसर्चअनुसार नियमित मटरको प्रयोगले पेट क्यान्सरको खतराबाट बचाउँछ । च्याउमा जस्तै यसमा पनि कोउमेस्ट्रोल नामक फाइटोकेमिकल्स हुन्छ । एक कप मटरमा कम्तीमा १० ग्राम कोउमेस्ट्रोल हुन्छ ।

अदुवामा क्यान्सरसँग लड्ने अनेक तत्व हुन्छन् । मिसिगन युनिभर्सिटीमा भएको एक अध्ययनले अदुवामा अण्डाशय क्यान्सरको सेल्स नष्ट गर्ने क्षमता प्रदान गर्छ । यसले पेटको क्यान्सरबाट पनि बचाउने काम गर्छ । त्यसैले नियमित अदुवाको प्रयोग दाभदायक हुन्छ ।

हरियो प्याजको नियमित सेवनले प्रोस्टेट कयान्सरको खतरालाई ५० प्रतिशत कम गर्छ । यसलाई हल्का पकाएर खाँदा पनि हुन्छ ।

  • १ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech