६ जेष्ठ २०८१, आईतवार

बाँकेमा होली पर्वको रौनक शुरु
  • न्युज मानसराेवर

बाँके\बाँकेमा माधुर्य र प्रेम भाव भएको होली पर्वको रौनक शुरु भएको छ । पहाडमा बिहीवार र तराइमा शुक्रवार होली मनाइने भएपनि नेपालगञ्जमा भने होलीको चहलपलह शुरु भइसकेको छ ।

नेपालगञ्जको त्रिभुवन चोक, त्रिवेणीमोड, एक्लैनीलगायतका क्षेत्रमा रङ, लोला तथा होली अंकित टिसर्टहरुको व्यापार शुरु भइसकेको छ । बाँके प्रहरीले पनि होली पर्वलाई मर्यादित तरिकाले मनाउन आग्रह गरेको छ । होली पर्व मनाउने बाहानामा अमर्यादित र उच्छृङ्खल कार्य नगर्न जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरेर सबैलाई अनुरोध गरेको छ ।

कसैको इच्छा विपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसैमाथि दुर्व्यवहार गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए । इच्छा विपरीत जवरजस्ति रङ प्रयोग गरेमा वा बाधा पुर्याएमा प्रहरीलाई खवर गर्न पनि उनले आग्रह गरे ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech