६ जेष्ठ २०८१, आईतवार

अध्यक्ष रुचाल द्वारा फागुपूर्णिमा (होली) पर्व २०७८को शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले फागुपूर्णिमा (होली)  पर्व २०७८ को शुभकामना दिएका छन। नेपालीहरूको महान  पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बैजनाथका आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले शुभकामना व्यक्त गरेका हुन ।

रङ्गहरूको पर्वका रूपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा (होली) यस वर्ष पहाडी र हिमाली जिल्लाहरूमा चैत्र ३ र तराईका जिल्लाहरूमा चैत्र  ४  मा मनाइँदै छ । साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीहरू विच  सामाजिक सद्‍भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्‍न योगदान पुर्‍याउनेछ भन्ने विश्वास  स्थानीय सरकारले लिएको शुभकामना सन्देशमा रुचालले उल्लेख गरेका छन।

उनले रङ्गहरूको पर्वले समाजमा समाजिक उत्तरदायित्व , सामाजिक न्याय, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको उल्लेख गरेका छन। शुभकामना सन्देशमा रुचालले सबै धर्म ,जाती भेष, भूषा वर्ग र लिंगहरुको आत्म समान्नका साथै नागरिक अधिकारको सदैव स्थानीय सरकारले रक्षा प्रवद्र्धन गरिरहेको समेत उल्लेख गरेका छन।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech