६ जेष्ठ २०८१, आईतवार

पूर्वराजाले यसपालिको नयाँ वर्ष झापामा मनाउने
  • न्युज मानसराेवर

बाँके\पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले यसपालिको नयाँ वर्ष झापामा मनाउने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको बताइएको छ। चैत दोस्रो साता झापा पुगेर उनीहरु नयाँ वर्षसम्म उतै बस्नेछन्। पूर्वराजाले तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ। कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेको हो।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech