२२ बैशाख २०८१, शनिबार

गाभरभ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ किन गरिदै छ ?
  • कृष्णलाल चौधरी

नेपाल कृषिप्रधान देश हो । क्षेत्रफलको हिसाबले देश सानो भए पनि नेपालमा जैविक विविधताको प्रचुरता रहेको छ । हाम्रा पुर्खाहरुले समुचित उपयोग गरी यो विविधतालाई बचाइराखेका थिए । तर विगत केहि दशकदेखि आधुनिकीकरण र विकासको नाममा नेपालका जैविक विविधतामाथि अत्याधिक दोहन तथा शोषण भइरहेको छ । बढि उत्पादन लिने नाममा रैथाने बीउबिजनहरु नास हुँदै गईरहेका छन् भने कतिपय बालीका स्थानीय जातहरु लोप भैसकेका छन् ।
उत्पादन बृद्धि गर्ने हेतुले बर्णशंकर जातहरुको प्रयोगमा अभ्यास बढ्दै जाँदा विदेशबाट विउ नआए हाम्रा खेत बारीहरु बाँझो रहने अवस्थामा आईरहेको छ । बर्णशंकर जातहरुको प्रयोग संगै गोठेमल, हरियो मलजस्ता प्रांगारिक र माटोसुधार गर्ने मलहरुको प्रयोग अत्यन्त कम हुँदै गईरहेको छ । अत्याधिक रासायनिक मल र बिषादीको प्रयोगले कृषि उत्पादन लागत बृद्धि हुँदै गएको छ जसले गर्दा नेपाली किसानहरु खेतिपातीतिर आकर्षित हुन छाडेका छन् भने मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्दै गईरहेको छ । अर्को तर्फ नेपालमा पत्रु खानाको अभ्यास वढ्दै गईरहेको छ ।
पोषण सुरक्षाको लागि काम गर्दै आएको एक अन्तराष्ट्रिय संस्था, हेलेन केलर ईन्टरनेशनलका अनुसार काठमाण्डौ उपत्यकाको १२ देखि २३ महिना भित्रका ८० प्रतिशत वालवालिकाहरुले यस्ता व्यवसायिक उत्पादनका पत्रु प्याकेट खानाहरु जस्तै चाउचाउ, विस्कुट, क्याण्डी चिनी मिश्रित सिरियल्सहरु, पेय पदार्थहरु आदी खाने गरेको पाइएको छ । व्यवसायिक उत्पादनका यस्ता प्याकेट खाना तथा पेय पदार्थहरुमा हुने उच्च मात्रामा चिनीको अंश र हानिकारक सोडियम को मिसावटले गर्दा वालवलिकाहरुको शारिरीक र मानसिक विकासका लागि नभै नहुने पोषक तत्वको उपल्ब्धतामा अवरोध पु¥याउँछन् ।
नेपालमा १२६ भन्दा बढी जातजाति समुदायहरु बसोबास गर्दछन् । हरेक समुदायका आ-आफ्ना मौलिक खाना र संस्कृति रहेका छन् । लुम्बिनी प्रदेशमा पनि विभिन्न जातजाति तथा भाषाभाषी समुदायको बसोबास रहेको छ । यस क्षेत्रमा विशेष गरी थारु समुदायको बाहुल्यता रहेको छ भने मगर, क्षेत्री ब्राहण, अगत, लोपोन्मुख जाति सोनाह, खुनाह, कुमाल र बनकरिया जस्ता जातिहरुको बसोबास यसै प्रदेशमा रहेको पाईन्छ ।
आधुनिक विकासका कारण मानिसको जीवनशैलीमा समेत परिवर्तन आएको छ । यसको असर नेपाली खाना संस्कृतिमा समेत पर्दै गएको छ जस्को कारण हाम्रा मौलिक खानाहरु विस्तारै हराउँदै र लोप हुँदै जाने अवस्थामा छन् । नेपाली हावापानीमा उत्पादित खाद्य बस्तुहरु स्वास्थ्यका लागी अति फाईदाजनक छन् । नेपाली रैथाने खाना बिदेशी पर्यटकहरुको रोजाईमा पर्दै गईरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । कतिपय खाना संग संस्कृतिको अन्तर सम्बन्ध रहने भएकाले मौलिक खानाहरु लोप भए हाम्रा मौलिक संस्कृतिहरु समेत लोप भएर जाने अवस्था सृजना हुन्छ । भोजन पर्यटन आर्थिक बिकासको दह्रो आधार हो । तसर्थ यस बिषयमा समुदायस्तर देखि नीति निर्माण तहसम्म बुझ्न आवश्यक छ । होमस्टेको माध्यमबाट केही हदसम्म स्थानीय मौलिक खाना र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने कार्यमा मद्दत पुगेको छ ।
समुदायको आर्थिक स्तर बृद्धिको आधारहरु मध्ये रैथाने खाना संस्कृति पनि एक भएकाले लुम्बिनी प्रदेशमा पनि समुदाय विशेष महत्वपूर्ण खाना परिकार अनि खाना संस्कृतिको अध्ययन, अनुसन्धान र अभिलेखिकरण हुन जरुरी छ । यसै बिषयलाई मध्येनजर गर्दै पर्यटन डिभिजन कार्यलय काहलपुरको आर्थिक सहयोग र रैथाने एग्री प्रडक्टस् नेपालको प्राविधिक सहयोगमा बाँके जिल्लाको गाभरभ्याली सामुदायीक होमस्टेमा २ दिने मौलिक भोजन मेला आयोजना गर्न लागिएको छ ।

 कार्यक्रमको लक्ष्य
यस कार्यक्रमको प्रमुख लक्ष्य लुम्बिनी प्रदेशमा मौलिक (रैथाने) खानाहरुको प्रर्दशनी गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने रहेको छ ।
 उद्देश्य
यस कार्यक्रमको प्रमुख उद्देश्य लुम्बिनी प्रदेशका मौलिक (रैथाने) खानाहरु र बनाउने बिधिहरुको अध्ययन , अभिलेखीकरण र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु हो । यस कार्यक्रमका अन्य विशिष्ट उद्देश्यहरु निम्नानुसार छन् ।
मौलिक खाना मेला सञ्चालन गरी लुम्बिनी प्रदेश मातहतका समुदाय बिषेश मौलिक (रैथाने) खानाहरुको पहिचान र प्रर्वदन गर्ने ।
प्रदर्शनीमा राखिएका महत्वपुर्ण मौलिक खानाहरुको अभिलेखिकरण गर्ने । अभिलेखित समुदाय बिषेश मौलिक खानाहरुको संक्षिप्त विवरण, पकाउने तरिका र महत्व सहितको मुखपत्र र पाश्र्व चित्र बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी लुम्बिनि प्रदेशमा पर्यटन प्रवद्र्धन र बिस्तारमा टेवा पु¥याउने ।
समुदाय बिषेश मौलिक खानाहरुको फोटो प्रोफाइल तयार गर्ने ।
कार्यक्षेत्र
यस मेलाको आयोजना क्षेत्र लुम्बिनी प्रदेशको गावर भ्याली रहने छ भने विभिन्न जिल्लामा बसोबास गर्ने समुदायहरुले आ–आफ्नो समुदाय बिषेश खाना तथा लोपोन्मुख रैथाने कृषि उपजहरुको प्रर्दशनी गर्नेछन् ।
२. कार्यक्रम मान्यता तथा विधि/प्रकृया
मान्यता तथा अवधारणा
समुदाय बिशेष मौलिक खाना प्रर्दशनी, अध्ययन तथा अभिलेखिकरणबारे तल उल्लेखित मान्यता एवं अवधारणाको आधारमा गरिने छ ।

चित्र मान्यता तथा अवधारणा
२.१.१ समावेशीता
यस मौलिक खाना मेलामा लुम्बिनी प्रदेश अन्तर्गतका समुदायहरु तथा लोपोन्मुख जातिहरुको खाना परिकार तथा बनाउने बिधि र खाना संस्कृति सम्बन्धि प्रर्दशनी गरिनेछ ।
२.१.२ वातावरणमैत्री
यस मेलामा सञ्चालन गरिने सम्पुर्ण गतिबिधिहरु बातावरणमैत्रि हुनेछन् । मेला स्थलमा प्लाष्टिकजन्य बस्तुहरुको प्रयोग गरिने छैन । प्रदर्शनीमा मौलिक कृषिउपजहरु प्रयोग गरिएको खानालाई मात्र समाबेश गरिने छ । स्थानीय स्तरमा उपलब्ध स्रोतहरुको प्रयोगबाट बनेका सामाग्रीहरु जस्तै दुना, टपरीको प्रयोग गरिने छ ।
२.१.३ प्रदर्शनी तथा प्रचार प्रसार
यस मेलामा लुम्बिनि प्रदेश अन्तर्गतका समुदाय बिषेशको खाना तथा पकाउने बिधिको प्रत्यक्ष प्रदर्शनी गरीनुका साथै सञ्चारको माध्ययम बाट प्रचार प्रसार गरिनेछ । जसले गर्दा त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्न गई समुदायको जीबिकोपाजर्नमा सुधार हुने छ ।
२.१.४ खानाको पहिचान र अभिलेखिकरण
लुम्बिनि प्रदेश अन्तर्गतका समुदाय बिषेशको खानाहरुको पहिचान गरी अभिलेखिकरण गरिने छ । जस्ले यस क्षेत्रका मौलिक खाना, रैथाने प्रजातिका कृषि बालीहरुको संरक्षण र प्रर्वद्धनमा सहयोग पुग्न गई स्थानीय समुदायको आयआर्जनमा सुधार हुने छ ।
२.२ कार्यक्रमको विधि÷प्रकृया
एक प्रर्दशनी मेलाको आयोजना गरी मौलिक खाना र परिकारको अध्ययन र पहिचान गरी अभिलेखिकरण गरिने छ । जसका लागी मूख्यतया निम्नानुसारको बिधी तथा प्रक्रिया अवलम्बन गरिनेछ ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech