७ बैशाख २०८१, शुक्रबार

पहिलो दिनको खेलमा पुलिस र आर्मी विजयी
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा सुरु भएको आठौं प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबल प्रतियोगितामा पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गरेको हो । लुम्बिनीलाई पुलिसले २५–१४, २५–१३ र २५–९ को सेटमा पराजित गरेको हो ।

सो खेलमा पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजित कुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे ।

त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो ।

त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे ।

लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्ट्स क्लब सहभागी छन ।

सो प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । प्रधानमन्त्री कप महिला भलिवलमा दोस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लब र हरियाणा स्पोर्ट्स क्लब प्रतिस्प्रधा गर्नेछन भने दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमी र छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) क्लबले प्रतिस्प्रधा गर्ने आयेजकले जनाएको छ ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech