७ जेष्ठ २०८१, सोमबार

बाँके मुस्लिम समुदायको रोजा इफ्तारमा ओली सहभागी
  • न्युज मानसराेवर

बाँके\एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान भएको बताएका छन् । मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रमलाई शनिबार बेलुका नेपालगन्जमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनले कार्यक्रम गरेको थियो । ‘नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान छ, मुस्लिम समुदायको पहिचानलाई एमाले पार्टीले सम्मान गर्दै आएको छ,’ ओलीले भने ।

एमाले नेतृत्वको सरकारले विगतमा मुस्लिम समुदायको चार्डपर्वलाई विशेष प्राथमिकता दिएको जिकिर गरे । एमाले नेतृत्वको सरकारको पालामा हज कमिटीले मुस्लिम समुदायका लागि राम्रा कामहरु गरेको अध्यक्ष ओलीको दाबी छ ।

प्रमुख अतिथी ओलीसँगै पार्टीका उपाध्यक्ष एवम् पुर्वअर्थमन्त्री विष्णु पौडेल, पार्टीका केन्द्रीय सदस्यहरु मोहम्मद हारुण, सुर्य ढकाल, पशुपति दयाल मिश्र, शान्ति ढकाल, दिपा शर्मा, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायत नेताहरु रोजा इफ्तारमा सहभागी भएका थिए । सो क्रममा ठुलो संख्यामा नेपालगन्जका मुस्लिम समुदाय सहभागी भएका थिए ।

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech