७ जेष्ठ २०८१, सोमबार

एमालेले गर्यो पत्रकार सँग अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेले प्रेस चौतारी सँग आवद्ध पत्रकारहरु सँग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष किश्मत कुमार कक्षपतिले लोकतन्त्रको रक्षा र समृद्ध बाँके निमार्णका लागि आसन स्थानीय तहको निर्वाचनमा एमालेको विजयी अनिर्वाय रहेको बताए । उनले समृद्ध बाँकेका आधारहरु बारे पत्रकारहरु संँग सुझाव समेत मागेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले नेकपा एमाले निकट महत्वपूर्ण विभाग प्रेस चौतारी रहेको बताए ।पार्टीमा माथी हुने विभेद र अन्यायका विरुद्ध प्रेस चौतारीले सदैव आफ्नो सृजनशिल लेखन बाट न्याय दिदै आइरहेको स्मरण गरे । उनले देशमा अराजनितिक गठबन्धनका नाममा देशको सिमा र केपी ओलीले गरेका विकास निमार्ण र समृद्ध नेपाल खुसी नेपाली अभियान विफल बनाउन देश र विदेशी घेराबन्दीको प्रतिकार गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख सतिश निरौलाले आम संचारको नै हाम्रो अलियो आधार रहेको बताए । उनले गठबन्धनले स्थानीय विकास नभएर भष्टचार र जनतामारा नीति ल्याउने ठुकुवा गरे । उनले समृद्धको यात्रामा जनताको अभिमत प्रमुख आधार रहेको बताउदै गठबन्धनले त्यो आधार नै समाप्त गर्न र जनतालाई उल्लु बनाउन केन्द्रित रहेको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्य बाँकेका अग्रज पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech