५ जेष्ठ २०८१, शनिबार

बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेद्धवार घननाथ खनालको राजनितिक यात्रा
  • न्युज मानसराेवर

बाँके\यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके जिल्लामा एमालेको संगठन सवलीकरण गरेको पाईन्छ  । यद्यपी बाँकेका आठ वटा स्थानीय तह मध्य पहिलो स्थानीय तह सदस्य निर्वाचनमा बाँके जिल्ला बाँट कोहलपुर नगरपालिका बैजनाथ गाउँपालिका खजुरा गाउँपालिका ,जानकी गाउँपालिकामा विजयी हात पार्न सफल भएको थयो ।

सत्ता र शक्तिका बावजुत पनि एमाले सँग चुनाव लड्न भने पाँच दलिय गठबन्धन गर्ने सत्ताशिल दलहरु क्रियाशिल छन । तर बाँके जिल्लामा एमालेको संगठन निमार्ण र सक्रियता अन्य दलहरुको भन्दा धेरै राम्रो भएको र गठबन्धन भइहाले भने समेत केही फरक नपर्ने नेकपा एमाले बाँके जिल्ला इन्चार्ज तथा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको दावि छ । जिल्लाका आठ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार घोषणा गरेको एमाले बाँकेले यही ३० गते कति वटा स्थानीय तहमा विजयी हासिल गर्छ त्यो भने समय लाई नियाल्नु नै पर्ने छ । आज हामीले एमाले बाट बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनालको राजनितिक जीवन बारे संक्षित चर्चा गरेका छौँ ।

को हुन घननाथ खनाल? आमा मतिसरा खनाल बुवा प्रजापति खनालका सन्तानका रुपमा स्याङ्जा आरुचौर वडा न १ मा २०२० साल श्रावण २० गते जन्म लिएका खनालको राजनितिक यात्रा भने २०३६ नेकपा मालेका नेता खड्क बहादुर नेपाली सँग सम्पर्क भइ २०३८ सालमा सालमा नेकपा मालेको विद्यार्थी फाट तत्कालिन सुर्वोदय उच्च मा वि को प्रा.क अध्यक्ष २०४० साल सम्म आवद्ध रहे ।

२०४१ सालमा मालेको साधारण सदस्यता पाएका खनालले २०४६ सालमा स्याङ्जा आरुचौर गाविसको संस्थापक नेकपा माले गाउँ कमिटीको सचिव भएर काम गरेको अनुभव रहेको छ । २०४६ सालमा मालेका तत्कालिन नेता त्रिलोचन्द ढकालको निर्देशनमा आरुचौर ,पञ्चमुल रापाकोट , दरौँ अर्जुन चौपारी गाविसहरुमा आन्दोलनको जिम्मेवारी पुरा गरे ।

२०४७ सालमा नेकपा मालेको पार्टी संगठित सदस्य नेता त्रिलोकचन्द्र ढकाल बाट खनालले प्राप्त गरे ।

२०४८ सालमा स्याङ्जा क्षेत्र न २ क्षत्रीय कमिटी सचिवालय सदस्यको जिम्मेवारी प्राप्त गरे । २०५४ साल पार्टी विभाजन भएपश्चात नेकपा एमालेमा आवद्ध भएका खनालले २०५४ साल बाट बाँके जिल्लामा बसाइ सराइ गरेका खनालले २०५८ सालमा स्याङ्जा बाट आफ्नो पार्टी सदस्यता सरुवा गरेका खनालले तत्कालिन बाँकेको चिसापानी गाउँ विकास समितिमा गाउँ कमिटी सचिवको जिम्मेवारी समालेका थिए ।

२०६२ \०६३ को जनआन्दोलन मा महत्वपूर्ण भूमिका निर्वाह गरेका खनालले २०६४ सालमा जिल्ला कमिटी सदस्यमा भइ २०६६ साल सम्म जिल्ला कमिटीमा आवद्ध थिए । २०६६ सालमा पहिलो क्षेत्रीय कमिटी अधिवेशन बाट क्षेत्रिय अध्यक्ष निर्वाचित भएका खनाल २०७० को दोस्रो क्षेत्रिय अधिवेशन पुन क्षेत्रिय अध्यक्ष गरी ३ कार्यकाल क्षेत्रीय अध्यक्षको जिम्मेवारी मा काम गरिसकेका छन ।

त्यसै गरी ५ पटक सम्म जिल्ला कमिटी सदस्यमा आवद्ध रहेर काम गरेका अनुभव खनालको रहेको छ । त्यसै गरी हाल खनाल पार्टीको प्रदेश कमिटी सदस्यमा समेत आवद्ध छन। यसै गरी खनाल विभिन्न संघ संस्थामा आवद्ध रहेका छन। खनाल २०५६ साल देखी २०६३ साल सम्म कोहलपुर उद्योग व्यपार संघको सदस्य आवद्ध रही काम गरे भने २०५७ साल देखी २०६३ साल सम्म बैजनाथ गाउँपालिका वडा न १ को सुर्योदय उच्च मा वि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी समालेका थिए ।

पार्टी निमार्ण र संगठन निमार्णमा महत्वपूर्ण भूमिका खेलेका उनै खनाललाई (नेकपा एमाले) पार्टीले बैजनाथ गाउँपालिका अध्यक्ष पदको उम्मेवार बनाएको छ । पार्टीले दिएका सबै जिम्मेवारी कूलश पूर्वक निर्वाह गरेका खनालले गाउँपालिका विजयी हुने दावि गरेका छन। खनालले संगठन निमार्ण स्थानीय भूगोलको राम्रो ज्ञान भएका कारण समेत आफ्नो विजयी निश्चित रहेको बताउँछन ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech