१३ बैशाख २०८१, बिहीबार

सरल स्वभावका कान्छा अध्यक्ष उम्मेदवार रिजालको यात्रा
  • न्युज मानसराेवर

बाँके\नम्र र सरल मिजासका माधब रिजाल सानै उमेर देखि कम बोल्ने तर व्यवहारमा नबोली नबोली काम बढि गर्न रुचाउँने युवा नेता हुन् ।२०४७ सालमा बुवा खडानन्द रिजाल र आमा रन्जिता रिजालको सन्ताका रुपमा  जन्म लिइएका  माधव  कोहलपुर नगरपालिकाबाट २०७४ मा स्थानिय तह सदस्य  निर्वाचनमा नेकपा एमाले बाट कोहलपुर ३ मा अत्याधिक मतले बिजयी भएका  कोहलपुर नगरपालिकाका सबै भन्दा कान्छा वडा अध्यक्ष समेत बनेका थिए ।

सानै उमेर देखि राजनितीमा चासो दिने रिजाल २०६२र६३ सालको जन आन्दोलनबाट औपचारिक रुपमा राजनितीमा  प्रबेश गरेका वडा सचीव, नगर सदस्य हुँदै अहिले नेकपा एमालेको कोहलपुर नगर कमिटिका सचिव भएका छन।

२०७४ सालको स्थानिय निर्वाचन बाट निर्वाचित भैइसके पछि दिनरात जनताको काममा खटिएका रिजाल वडाबासिको लागि मात्रै नभएर नगरबासिको लागि पनि अतिनै प्रीय मानिएका नेता हुन् । उनले आफ्नो कार्यकालमा वडामा आएको बजेटले मात्र काम पूरा नहुदा दिनरात प्रदेश र केन्द्र सम्म पुगेर आफ्नो वडाको बिकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।  संघियताको मूल मर्म स्थानीय नागरिकहरुलाई संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित गर्नाका लागि रिजालको कार्यकाल महत्वपूर्ण रुपमा रुपमा हेर्न सकिन्छ ।

वडा कार्यालय ,स्वास्थ्य कार्यालयको भवन निमार्ण खाने पानीको पर्यटनको विकासमा हनुमान मन्दिर पार्क बाटो तथा नानी निमार्ण कृषि यान्त्रीकरणमा रुपमान्तर शिविर संचालन नागरिक शिक्षा युवा स्वरोगार युवा पुस्ता अन्तर संवाद जस्ता लोकप्रिय कार्यक्रम पुरा गरेका रिजाल फेरी पनि नेकपा एमाले बाट वडा अध्यक्षमा चुनावमा मैदान उत्रिएका छन।

आफ्नो एक कार्यकाल पुरा गरेका रिजाल आफ्ना अधुरा योजनाहरु कार्यान्वय गर्नाका लागि फेरी पनि एमाले बाट वडा अध्यक्षमा चुनाव लड्दै छु सबैको साथ सहयोग आवश्यक छ भन्छन उम्मेदवार रिजाल ।  टुहुरा र अनाथ बालबालिकाहरुको लागि आवासिय विद्यालय सन्चालन गरेर निशुल्क शिक्षा प्रदान गर्ने र मदनचोक लाई कोहलपुर टाउनप्लानिङ जस्तै बनाउने लक्ष्य लाई कार्यन्वयन गर्ने जनताको सेवामा खटिने र वडालाई नमुना वडा बनाउन  आफु कटिवद्ध रहेको उल्लेख गरेका छन।

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech