१४ बैशाख २०८१, शुक्रबार

उपमेयरकी एक मात्र थारु उम्मेदवार अस्मिता, मैदान साफ !
  • न्युज मानसराेवर

बाँके\ बुवा रामकृपाल थारु र आमा मायारानी थारुको कोखबाट २०४३ सालमा बाँके जिल्लाको साबिक रझेना गाबिसमा जन्म लिइएकी अस्मिता थारु २०६१ सालमा १८ बर्षकै उमेरमा कोहलपुर रझेना निवासि छोटेलाल थारुसङ्ग बिबाह बन्धनमा बाधिएकी थिइन ।

पक्कै पनि थारु समुदायमा जन्मिएर हुर्किएकी अस्मिताको १८ बर्षको कलिलो उमेरमा पढ्ने अनि आफ्नो अध्ययनलाई अगाडि बढाउन नपाउदै घरपरिवारको विभिन्न समस्या भनौ या त परम्पराको कारणले सानै उमेरमा  विवाह गरिदिएका थिए । विवाह भएता पनि उनका श्रीमान अनि सासू ससुराको सहयोग र मायाले आज कोहलपुर नगरपालिका उपमेयर उम्मेदवार बन्न  सफल भएको उनी बताउछिन् ।

सासुससुरा अनि श्रीमानको हौसलाले थारु समुदायकी चेली अस्मिताले विवाह पछि आफ्नो अध्ययनलाई निरन्तरता दिइन । उनी बागेश्वरी बहुमुखी क्याम्पसमा स्वास्थ बिषयलाई मुल बिषय बनाएर स्नातक तहमा अध्ययन गर्दै छिन ।

अस्मिता २०७४ सालमा मधेशी फोरमबाट उपमेयर पदमा झिनो मतले पराजित भएकि थिइन । १८ बर्षको उमेर देखि राजनितिक अनि विभिन्न सहकारी र संघ सस्थामा रहेर समाजसेवा गर्दै आएकी  अस्मिता अहिले नेकपा एमाले जिल्ला कमिटिको सदस्य पदमा समेत आवद्ध   छिन ।  थारु समुदायले नेकपा एमाले प्रती दिएको योगदानले गर्दा आसन्न बैशाख ३० गते हुन गैइरहेको स्थानिय निर्वाचनमा कोहलपुर नगरपालिकाको उपमेयर पदमा थारु जातिको उच्च सम्मान गर्दै एमालेले  उम्मेदवारका रुपमा उपमेयर पदमा उठाएको छ।

पार्टीले आफुलाई उपमेयरको लागि योग्य ठानी टिकट दिएर मेरो मात्र नभैइ समग्र थारु समुदायको नै सम्मान गरेको हुँदा आफुलाई राजनितिक अनि समाजसेवामा थप उर्जा मिलेको अस्मिता भन्छिन।

राजनितिकमा महिला अझ थारु , मदेशी र मुस्लिम महिलाहरुको सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पार्टीले महिलालाई अवसर जिम्मेवारी प्रदान गरेमा  पुरुष सरह महिलाले पनि   राजनितिक गर्न सक्छन् भन्ने सोचका साथ आसन्न निर्वाचनमा अत्याधिक मतले आफू अनि सम्पुर्ण एमाले उम्मेदवार समुहलाई  विजयी बनाउन दैनिक अभियान क्रियाशिल छिन।

राजनितिक  क्षेत्रमा लागेको १५ बर्ष भैसक्यो विगतको तुलनामा अहिले थारु महिलालाई राजनितिक  गर्न केहि सजिलो छ । पार्टीमा पुरुषवादी सोच कायमै रहनु आदि कारणले गर्दा महिला राजनितिकमा आउन पाउदैन थिए ।

राजनितिक  गर्न पैसा चाहिन्छ हिम्मत चाहिन्छ भन्ने थियो तर अहिले समयको माग फेरिएको छ ।  मानिसको सोच बदलिएको छ ।   अहिले  सबैले बिस्वास गरेर नेकपा एमालेले उपमेयर जस्तो सम्मानित पदमा  अगाडि बढाएको अस्मिताको बुझाइ रहेको छ ।  २०७४ सालमा  स्थानिय तहको निर्वाचनमा उपमेयर पदको टिकट पाउँदा एकदमै खुसि भएकी अस्मिता झिनो मतले हार व्यहोन    परेको थियो ।
समाजसेवामा खटिरहदा अहिले पुन थारु समुदाय अनि पिछडा बर्गका महिलाहरुलाई आर्थिक सामाजिक अनि राजनीतिक यात्रामा सबल बनाउनको लागि  राजनितिक यात्राको सबै भन्दा सुनौलो अवसर रुपमा अस्मिताले लिइएकी छन।  थारु महिलाहरु   राजनितिक क्षेत्रमा आउन सक्दैनन तबसम्म थारु महिलाका अधिकारहरु पनि सुरक्षित हुन सक्दैनन्।

२०७४ सालको निर्वाचनमा नेपाली काग्रेसले सन्जु थारुलाई उप मेयर पदमा आफ्नो उम्मेदवार बनाएको थियो । थारु समुदायको बाग्लो बस्ति र रैथाने भूमि सँग जोडिएका कारण सन्जु मेयर भन्दा २ हजार मत भार अन्तरले विजयी भएकी थिन ।

यस कारण समेत थारु समुदायको मत कोहलपुरको निर्वाचन मतभार विशेष अर्थ राख्ने गर्छ । तर बैशाख ३० गते हुने निर्वाचमा एमालेले मात्र महिला उम्मेदवार त्यसमा पनि थारु समुदायलाई विशेष भोगोल लाई मध्य नगर गरेर उम्मेदवार बनाउन अस्मिताको विजयी निश्चित रहेको राजनितिक विश्लेषकहरुको बुझाई रहेको छ । त्यसैले पनि अस्मिताका लागि मैदान साफ भएको कतिपय राजनितिक दलका विश्लेषकहरुको चिया पसल देखी चौतारमा सम्म कुरा हुने गरेको पाईन्छ ।

 

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech