१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ युवा श्रोत एमाले उम्मेदवार रुचालको राजनितिक यात्रा
  • न्युज मानसराेवर

यही  ३० बैशाखमा हुने निर्वाचनका  लागि बाँकेका ८१ वडामा अहिले चुनावको महोल तातिएको छ। गाउँ ,बस्ति र टोल टोलमा उम्मेदवारहरुले घरदैलो अभियान चलाएका छन। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगले ७ सय ५३ स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन । आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् ।

बाँकेका आठ पालिकामा प्रमुख र उपप्रमुख तथा ८१ जना वडा अध्यक्षका लागि दुई हजार तीन सय २९ ले उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्लामा एक सय ३६ मतदानस्थल र तीन सय ७९ मतदान केन्द्र तोकिएको छ ।

ति मध्ये एक सय १२ अतिसंवेदनशील र २४ संवदेनशील मतदान स्थलको रुपमा चित्रण गरिएको छ । यहाँ राष्ट्रिय मान्यता प्राप्त ६ र साना २३ दल गरि २९ वटा दलले निर्वाचनमा सहभागिता जनाउने भएका छन् । निर्वाचनमा प्रभावशाली नेता देखी कलाकार ,युवा ,युवती संगितकारहरु उम्मेदवार बनेका छन।  त्यसै मध्य बाँके बैजनाथ गाउँपालिका वडा न २ का एमाले उम्मेदवार युवा राजु रुचाल युवा माझ लोकप्रिय पात्रका रुपमा आफुलाई स्थापित गरेका नेता हुन । आज उनै रुचालको  बारे चर्चा गरेका छौँ ।

आमा इन्द्रा देवी रुचाल ठकुरी बुवा अम्बर बहादुर रुचाल ठकुरीको छोराका रुपमा २०३८ साल १० । १० गते जन्मेका रुचालको राजनितिक यात्रा भने नेकपा एमालेको भातृय संगठन राष्ट्रिय युवा संघ बाट यात्रा शुरु गरेका थिए ।

राष्ट्रिय युवा संघ जिल्ला सदस्यको जिम्मेवारीमा  रहेर काम गरेका रुचाल युवा मोमेन्ट परिचालमा महत्वपूर्ण योगदान   गरेको देखिन्छ। यसैको प्रभावका कारण नेकपा एमालले २०६३ सालमा संगठित सदस्य प्राप्त गरेका थिए ।

यातायात क्षेत्रमा व्यवसाय  र कर्मचारी दुवै क्षेत्रको अनुभव लिएका  रुचाल युवाको मोमेन्ट संचालन गर्न बाँके जिल्लामा नै  प्रभावशालि मानिन्छन ।  समुदायको विकास निमार्ण र स्वरोगार क्षेत्रमा युवाहरु लाई पहिलो प्राथमिक हुनु पर्ने रुचालले विभिन्न संघ संस्था स्थानीय सरकार सँग उनको पहिलो माग हुने गर्छन ।

समाज रुपान्तरण र आर्थिक सवलिकरण गर्नाका लागि सहकारीको अवधारण आवश्यक ठानेका रुचाल बैजनाथ गाउँपालिका वडा न २ स्थित नव किरण बहुउदेश्य सहकारी संस्थाको सचिव हुदै अध्यक्षको जिम्मेवारी समेत को अनुभव बटुलेका छन।

समाजमा कसैलाई केही समस्या पर्दा होस वा खुसी  मृत्यु हुँदा आदि समाजिक जिम्मेवारीमा रुचाल अनिर्वाय आफ्नो सहभागिता जनाउछन।  नेकपा एमाले बाट विभाजित माधव समुहमा आवद्ध भएका रुचाल पछि भारी संख्या लिएर एमाले आफ्नो घरमा नै फिर्ता भएका थिए । बैजनाथ गाउँपालिकामा पुरै वडाहरुमा युवा मोमेन्ट राम्रो भएका कारण स्थानीय तह सदस्य निर्वाचनमा एमालेले आफ्नो वडा अध्यक्षका उनै रुचाललाई अघि सारेको छ ।

रुचालको उम्मेदवारी किन ?

एमाले उम्मेदवार राजु रुचालले संघियता पछि पहिलो स्थानीय सरकारले गरेका कामहरुलाई संस्थागत विकास गर्न र समृद्ध बैजनाथ निमार्णका आधारभूत आवश्यकता निशुल्क शिक्षा कृषिमा यान्त्रीकरण नीति कार्यान्वय र आर्थिक रुपमा विपन्न वर्षको सामाजिक तथा आर्थिक सवलीकरण गर्नाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

उनले प्राविधिक शिक्षा अध्ययन गर्दै स्वरोगार शिवहरुको विद्यालय तह देखि नै कार्यान्वय गर्न किसानका उत्पादित वस्तुको बजारीकरण र पाउँना घर संस्कार सभ्यता संरक्षण गर्दै युवा उद्यमी सृजना गरी समृद्ध बैजनाथ निमार्णमा योगदान गर्ने उल्लेख गरेका छन।

रुचालले  बृद्ध ,बृद्धा पार्क निमार्ण ,खेल मैदान निमार्ण ,प्राविधि शिक्षालयको स्तर उन्नति जस्ता मुद्धा आफु विजयी भए पछि सम्बोधन गर्ने बताएका छन। त्यसै गरी संघियताको मर्म अनुरुप वडा सरकारले प्रदान गर्ने सेवा सुविधा बारे आम नागरिकलाई समेत गराउनुका साथै बार्षिक रुपमा हुने डुवान बारे जानकारी प्रदान गर्न वडा स्तरमा किसान इ चौतारी शिक्षा प्रदान गर्नुका साथै किसान सम्मान कार्यक्रम समेत संचालन गर्ने बताएका छन।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech