१६ चैत्र २०८०, शुक्रबार

किसान र समाजसेवा बाट उदायका एमाले उम्मेदवार खत्रीको राजनितिक यात्रा
  • न्युज मानसराेवर

बाँके\स्थानीय तह सदस्य निर्वाचनका लागि बैजनाथ गाउँपालिकामा नेकपा एमाले उम्मेदवारहरुले अभियानका रुपमा दैनिक घर दैलो, मतदाता शिक्षा, वडा स्तरीयर्‍याली  तथा वडा स्तरीय चुनावी सभालाई तिब्रताले प्रचार प्रसार  गरेका छन।

बैजनाथ गाउँपालिकामा नेकपा एमालेले २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा गाउँपालिकाका ८ वडा मध्य ६ वडा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो । अन्य २ वटा वडामा काग्रेस विजयी भएको थियो ।

२०७९ सालको निर्वाचनमा बैजनाथमा सत्ता मा रहेका दलहरुले गठबन्धन गरेका छन।  एमाले हराउ अभियानमा नेपाली काग्रेस माओवादी केन्द्र सहित नेकपा एमाले बाट विभाजित नेकपा समाजवादी दल बैजनाथमा क्रियाशिल भएका छन।

गठबन्धनका नाममा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी दलले समिकरण नै गरेरे चुनावी मैदानमा छन। यसै सेरोफेरोमा हामीले आज बैजनाथ गाउँपालिका वडा न ६ का एमाले अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर खत्रीको राजनितिक यात्रा बारे चर्चा गर्ने प्रयास गरेका छौँ ।

कालु राम खत्री र भिमा खत्रीको कोख बाट कान्छो सन्ताका रुपमा २०२१ साल ५ महिना २९ गते सुर्खेत जिल्ला काफलकोट गाविस वडा न २ मा जन्मेका खत्रीको राजनितिक यात्रा भने २०४७ साल देखी माक्सवादी र माले एकिकएरण पछि एमालेमा आवद्ध भएका खत्री किसानका मुद्धामा अवल र किसानका आवश्यता सँग नजिक बाट बुझेका नेता हुन । उनी स्यम किसान हुन ।

५ दिदी पछि जन्म लिएका खत्रीको पारिवारीक आर्थिक रुपान्तरण र जीवन सवलीकरण गर्नाका बुवा कालु राम खत्रीले २०२७ सालमा तत्कालिन बनकुवा गाविस हाल बैजनाथ ६ मा बसाइ सराइ गरेको पाईन्छ ।

बुवालाई सहयोग गदै कृषि पेशामा आवद्ध भएका चक्र बहादुर खत्री राज्य बाट कृषकहरुलाई गरिएको विभेद निति प्रति खरो रुपमा प्रस्तुत हुने व्यक्ति हुन। समाजमा हुने अन्याय विरुद्ध सधै प्रतिकार गर्ने खत्री विद्यार्थी जीवन नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रमहरुमा सहभागिता हुने गर्थे । किसान पेशा गरेका खत्रीले सधै समाजसेव गर्ने गरेका छन। स्थानीय इश्वरी मावि मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर ३ वर्ष विद्यालयको सेवा गरेका खत्री हाल व्यवसाय रुपमा पसल समेत संचालन गरेका छन। खत्रीको परिवारमा ३ छोरा १ छोरी श्रीमती छन।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech