७ बैशाख २०८१, शुक्रबार

विद्यार्थी राजनितिक बाट उदायका एमाले वडा अध्यक्ष उम्मेदवार खत्री
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह सदस्य निर्वाचमा मतदान गर्न अब बाँकी २ दिन मात्र बाँकी छ । देश स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा केन्द्रित छन। चुनावी सभा र घरदैलो अभियान सँगै मतदाता शिक्षामा केन्द्रित अभियानमा छन। यसै सन्दर्भमा आज बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ८ का एमाले बाट वडा अध्यक्ष पदका उम्मेदवार प्रेम खत्री उहाँका जीवनका बारेमा चर्चा गर्ने छौँ ।

२०२५।९।१२ गौरीआमा कला खत्री बुवा धन बहादुर खत्रीका सन्ताका रुपमा जाजरकोट सिवालय गाउँपालिका वडा न ६ मा जन्म लिएका खत्री २०४७ साल नेपलगंञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्समा अनेरास्वीयुको  प्रारम्भीक कमिटीमा आवद्ध भएको पाईन्छ । सामाजिक रुपान्तरण हुन आवश्यक छ भन्ने मान्यतामा कटीवद्ध खत्री देशमा रहेको राजतन्त्र र राणा शासको चरम विरोधीका रुपमा आफुलाई स्थापित गरेका
थिए । विद्यार्थी राजनितिक बाछ उदायका खत्रीले भने नेकपा एमालेका आधिकारी संगठित सदस्य भने २०५७ सालमा प्राप्त गरेको पाईन्छ ।

राजतन्त्रको दमनले देशको सामाजिक आर्थिक सांस्कृतिक पिछडा वर्गको उत्थानमा रुपान्तरण हुन सक्दै भन्ने मान्यतामा नेकपा एमालेमा आवद्ध भएका खत्री पार्टीका विभिन्न जिम्मेवारी सफलता पूर्वका सम्पन्न गरेको पाईन्छ । खत्रीले पार्टीको इलाका कमिटी हुदै वडा कमिटीमा १८ वर्ष काम गरेको अनुभव रहेको देखिन्छ । उनी तत्कालिन टिटिहिरिया गाउँ विकास समितिको पार्टी प्रतिनिधिका रुपमा समेत काम गरेको अनुभन उनी सँग छ ।

आवद्ध  संस्था
विद्यार्थी काल बाट आफ्नो राजनितिक यात्रा शुरुवात गरेका खत्रीले समाज रुपान्तरण गर्नाका लागि सबैका लागि शिक्षा हुनु पर्छ भन्ने मान्यता लिइएको पाईन्छ । तत्कालिन टिटिहिरिया गाउँ विकास समिति अन्तरगतका वडाहरुमा हुने वाल विवाह अत्य हुनु पर्छ भन्ने अभियानमा क्रियाशिल खत्रीले प्लान इन्टरनेसनल नेपाल सँग आवद्ध रहेर लामो समय शिक्षाका क्षेत्रमा काम गरे ।

त्यसै गरी महिला शशक्तिरकण र समाज रुपान्तरणमा क्रियाशिल खत्री २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा भने वडा अध्यक्षमा पराजित हुने पुगे । थारु समुदायको बाग्लो बस्ति रहेको बैजनाथ गाउँपालिका वडा न ८ मा उनी नेपाली कांग्रेसका भगन थारु सँग ५ सय ९३ मतान्तरले पराजय भएका खत्रीले यस पटक पनि नेपाली कांग्रेसका भगन थारु सँग नै चुनावी मैदानमा छन ।

चुनाव जित्ने खत्रीको  आधार
५ वर्ष स्थानीय तहको सप्तामा रहेका भगन थारु फेरी पनि नेपाली कांग्रेस बाट उम्मेदवारका रुपमा चुनावी मैदान छन। तर खत्रीको दावि भने सप्तामा रहेर उसले गरेका कामहरुको मुल्याकन गर्ने भएको बताउँछन ।

समृद्ध वडा बनाउन नसक्नु र गाउँपालिका बाट आएका योजनाहरु पूर्ण कार्यान्वय गर्न नसक्नु वडाको बजेट फिज गराउनु र सामाजिक रुपान्तरण लागि महिला शशक्तिकरण ,युवा स्वरोजगार कार्यक्रम संचालन गर्न नसक्नु कृषिमा यान्त्रीकरण नीति अनुरुप आम किसानहरुका लागि केही गर्न नसक्नुका साथै गुणस्तर शिक्षामा पहल समेत गर्न नसक्नु साथै क्वारेन्टाइन व्यवस्थापनमा चामल भन्दा दालको मुल्य बढी राख्नु आफ्नै मिल बाट सामाग्री व्यवस्थापन गर्नु चरम भ्रष्टचार गरेका आरोप खत्रीको रहेको छ । थारु समुदायको अधिकार र उनीहरुका जीवन रुपान्तरण लागि समेत केही नगरेका कारण आफ्नो विजयी हुने र समृद्ध वडा निमार्णमा महत्वपूर्ण कार्यक्रमहरु ल्याउने उनको दावि रहेको छ । जनसंख्या र भूगोलका आधारमा सबै भन्दा धेरै बजेट आउने वडा बाट देखिने गरी विकास गर्न नसकेको बताए । उनले ५ वर्ष सम्म नेकपा एमाले संगठन निमार्ण र बौद्धिक वर्गहरुको साथ आफु सँग रहेको दावि गरे ।

उनले १७ बर्ष गाविस प्रतिनिधि भएर काम गरेको आफुसँग अनुभव रहेको बताउदै जनताका आधारभूत आवश्यकता लाई मध्य नजर गर्दै जनताका विच बाट आएका योजनाहरु संचालन गर्ने बताए ।उनले ६५ प्रतिशत थारु समुदायको बाग्लो बस्तिहरुमा उहाँहरुको जीवन रुपान्तरण गर्नाका लागि क्रियाशिल हुने बताउछन।

 

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech