१४ बैशाख २०८१, शुक्रबार

मृत भेटिइन् नेपालगञ्जकी भारोत्तोलन खेलाडी सञ्जु
  • न्युज मानसराेवर

बाँके\ १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकी स्वर्ण  पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छिन् । ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सञ्जु झुण्डिएको अवस्थामा फेला परेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी गराए। उनले आत्म हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी शाहको भनाइ छ ।

नेपालगञ्जकी सञ्जु चौधरी १९ औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौँ आएकी थिइन् ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech