१४ बैशाख २०८१, शुक्रबार

कस्तो रहने आज दिनभरको मौसम?
  • न्युज मानसराेवर

बाँके\हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार शनिबार बिहान देशमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत  देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जनसहित  वर्षाको सम्भावना रहेको छ।

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech