२४ बैशाख २०८१, सोमबार

एमाले निकट खेलकुद माहासंघको जिल्ला अधिवेसन सर्वसम्मत सम्पन्न
  • न्युज मानसराेवर

नेपालगञ्ज : २५ औं मनमोहन स्मृति दिवसको अवसरमा नेपाल खेलकुद महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन बिहीवार नेपालगञ्जमा सम्पन्न भएको छ ।

तेश्रो जिल्ला अधिबेशन महासंघका अध्यक्ष होम सुनारको अध्यक्षता तथा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपा शार्माको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । अधिबेशनको बन्द शत्रका अध्यक्ष मण्डलको संयोजकमा भिम ओली, सदस्यद्धय आतंक बस्नेत, प्रकाश विश्वकर्मा रहेका थिए ।

नेपाल खेलकुद महासंघको तेश्रो महाधिबेशनले २१ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा नेपाल खेलकुद महासंघ बाँकेको अध्यक्षमा पुनः होम सुनार सर्वसम्मत रुपमा चयन भएका छन । यस्तै महासंघको उपाध्यक्षमा शिवेन्द्र भण्डारी, सचिवमा संजित ओली, सहसचिवमा पदम बुढाथोकी, कोषाध्यक्षमा चित्रा श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जगदिश यादव, जंगबहादुर थापा, धनबहादुर थापा, गौतम श्रेष्ठ, कृतिवहादुर शाही, ममता राना, निरक पौडेल, गगन विसी, होमराज थापा, वसिर आलि, राजेश भण्डारी, चाहना थापा, वमवहादुर थापा लगायत २१ जनाको कार्यसमिति चयन भएको हो ।

नेकपा एमाले जिल्ला कार्यालय बाँकेको सभाहलमा तेसो जिल्ला अधिवेशन उद्घाटन समारोह पार्टी केन्द्रीय सदस्य दिपा शर्मा, विशेष अतिथी, मोर्चा संगठन प्रमुख भिम वली,अनेरास्वविय जिल्ला अध्यक्ष प्रकाश विश्वकर्मा, अखिल नेपाल किसान माहासंघ जिल्ला कमिटी अध्यक्ष कृष्ण विक्रम केसी, एमाले जिल्ला विद्यार्थी इन्चार्ज सूर्य रोकाय, खेलकुद महासंघका पुर्व जिल्ला अध्यक्ष आतंक बस्नेत, पूर्व सचिव राजेन्द्र कडेल, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति माधव खत्री, ज्ञानोदय बहुमुखी क्याम्पसका उपसभापती कृष्ण चन्द ठकुरी लगायत उपस्थिति रहेको थियो ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech