१६ चैत्र २०८०, शुक्रबार

भेरी अस्पतालमा जोर्नी प्रत्यारोपण सेवा शुरु
  • न्युज मानसराेवर

बाँके\भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा शुरु भएको छ । एकपछि अर्को विशिष्टिकृत सेवा थप्दै गएको अस्पतालले जोर्नी प्रत्यारोपण सेवा पनि शुरु गरेको हो ।

बाँकेको खजुरा गाउँपालिकाका ४५ वर्षीय पुरुषको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा शुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रकाश थापाले जानकारी दिए । मंगलवार विहान ८ बजेदेखि १० बजेसम्म करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएको डा. थापाले बताए । उनका अनुसार अस्पतालमा यस खालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे लगायतको टीम शल्यक्रियामा संलग्न थियो ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech