बाँके\हाल नेपालमा सामान्य मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले पनि मौसममा सामान्य बदली आएको जनाएको छ।
हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।बुधवार दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।