१४ बैशाख २०८१, शुक्रबार

विश्व बैंकका अध्यक्षको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’
  • न्युज मानसराेवर

बाँके\रुसले युक्रेनमा अतिक्रमण गरेसँगै  पछिल्लो समय विश्वभर महँगी बढेको छ ।

खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् ।

विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ ।

मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ । ‘विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्दा… .. मन्दी कसरी छल्छौं भनेर हेर्न कठिन भएको छ,’ मालपासले भनेका छन्  । यद्यपि, विश्व अर्थतन्त्रमा कत्तिको संकुचन आउँछ भन्नेबारे चाँहि उनले केही पनि बताएका छैनन् । इन्धनको मूल्य दोब्बर हुन्छ भन्ने परिकल्पना नै आर्थिक मन्दी निम्त्याउन पर्याप्त कारक भएको उनले बताएका छन् ।

गएको महीना विश्व बैंकले यस वर्ष विश्वको आर्थिक वृद्धिको प्रक्षेपण एक प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा झारेको थियो । यूरोपका कयौं अर्थतन्त्रहरु रुसी तेल र ग्यासमा निर्भर छन् । तर यिनीहरुले निर्भरता कटौतीको योजना बनाएका छन् । रुसको ग्यास आपूर्ति कटौती गरेमा यूरोपेली क्षेत्रमा उल्लेख्य सुस्ती आउन सक्ने मालपासको भनाइ छ । इन्धनको उच्च मूल्यको कारण जर्मन अर्थतन्त्र यस अघि नै दबाबमा आइसकेको छ ।

शाङ्हाई समेत चीनका कयौं मुख्य शहरमा लकडाउनप्रति पनि उलने चासो देखाएका छन् । चीनको रियल इस्टेट क्षेत्र पहिलादेखि नै खुम्चिरहेको छ । यस्तोमा कोभिडका कारण लगाइएको लकडाउनले चीनको आर्थिक वृद्धिदरमा उल्लेख्य कमी ल्याउने देखिएको छ । एजेन्सीको सहयोगमा

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech