बाँके \ एक दिने पूर्व सहकारी शिक्षा तालिमको समापन गरिएको छ ।
बैजनाथ गाउँपालिका वडा न ४ स्थित लालिगुराम महिला समुहलाई उक्त तालिम दिइएको थियो । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तगर्त उक्त तालिम दिइएको हो ।
कार्यक्रम समापनमा बोल्दै बैजनाथ गाउँपालिका वडा अध्यक्ष प्रेम बहादुर शाहीले निर्वतमान स्थानीय सरकारले संचालन गरेका राम्रा कामहरु को स्वमित्व नव निर्वाचित जनप्रतिनिधिहरुले ग्रहन गर्ने प्रतिवद्धता जनाएका छन। शाहीले समाज रुपान्तरण महिला शशक्ति करण सँगै सामुयिक रुपान्तरण समुहहरुको क्रियाशिलता उल्लेखनीय रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष कार्य पालिका सदस्य मन्जु वली वडा सदस्य लाई समुह तथा संस्था बाट स्वागत तथा सम्मान समेत गरिएको थियो । त्यसै गरी कार्यक्रममा पूर्व वडा सदस्य मन माया चुनारा उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रवि रोकायाले कार्यक्रम बारे धारणा राखेका थिए । परियोजना अन्तगर्त वडा न ४ मा ५ सय ५० घर परिवारमा काम गर्दै आइरहेको छ ।











