६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीमा मिडिया विद्येयक कानुन समितिमा पठाइयो
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशनको सातौं बैठकमा लामो समयदेखि दर्ता भएर पनि छलफल हुन नसकेका २ विधेयक छलफलका लागि अगाडि बढेका छन् ।

विहीबार बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको हो ।

विधेयक समितिमा पठाइयोस् भनी सभामा निर्णायार्थ प्रस्तुत गर्दा २ वटै विधेयक माथि दफाबार छलफलका लागि सर्वसहमतिले स्वीकृत भएको थियो । समितिमा पठाउनुअघि विधेयकलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले दुई वटै विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए ।

अब यी दुई वटै विधेयक समितिमा छलफल भएपछि मात्र सभामा पेश हुनेछ । त्यस्तै सरकारले बुधबार ल्याएको आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबारदेखि सुरु हुने भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बुधबार आएको नीति तथा कार्यक्रममा संशोधन पेश गर्न चाहने दल वा सांसदलाई शुक्रबार विहान ११ बजेसम्म संशोधन सचिवालयमा दर्ता गर्न समय दिएका छन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech