७ जेष्ठ २०८१, सोमबार

बैजनाथ गाउँपालिका द्वारा परियाेजना अनुगमन तथा समूह अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके /बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएतले हेफर माेडेल बाट संचालित साना किसान उद्यमी सुढृढिकरण परियाेजनाकाे अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गरेका छन ।बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएको परियाेजनामा आवद्व समुहहरू संग अन्तरक्रिया तथा समुहले गरेका उपलब्धि बारे गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला राेकायले अन्तरक्रिया गरेका हुन ।

उनीहरूले बैजनाथ वडा न १ र ४ का लालिगुरास महिला समूह ,चाैतारी समुह बाजुरेली महिला समूह, छाया महिला समूह करेली बहिनी समुहमा अन्तरक्रिया गरेका हुन । समुहमा हाल सम्म गरिएका प्रगति विवरण प्रस्तुत गरिएकाे थियाे ।अन्तरक्रियामा बाेल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निवर्तमान सरकारका राम्रा कामहरूकाे स्वामित्व ग्रहण गर्दै समृद्ध बैजनाथ निर्माणमा सबैकाे सहयाेग आवश्यक रहने बताएका छन ।

त्यसैगरी हेफर प्राेजेक्ट नेपालका सह निर्देशक बुद्वि बहादुर खत्रीले नव निर्वाचित अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लाई सम्मान तथा हेफर प्राेजेक्ट नेपालले संचालन गरेकाे माेडेल बारे सहजिकरण गरेका थिए ।बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे परियाेजना अन्तगत ३६ सय घर परिवार प्रत्यक्ष लाभान्वित छन ।

त्यसैगरी ७ सय परिवार पुराना समूह गरि ४ हजार ३ सय परिवारकाे आर्थिक सामाजिक रूपान्तरण संगै महिला शशत्तिकरणमा काम गर्दै आईरहेकाे छ ।

साना किसानहरूले उत्पादन गरेका बस्तुकाे बजारीकरण संगै सहकारी मार्फत विना धिताे लगानी गरिरहेकाे छ ।
समुहका सदस्यहरूले आफुले उत्पादन गरेका तरकारी उपहार समेत गरेका थिए ।

कार्यक्रममा वडा न १ का अध्यक्ष रूप बहादुर मल्ल वडा न ४ का अध्यक्ष प्रेम बहादुर शाही कार्यपालिका सदस्य मन्जु वली वडा न १ सदस्य रूपा रावत उत्पिडित सामुदायिक विकास केन्दका अध्यक्ष डिल बहादुर परियार लगाएतकाे सहभागीता रहेकाे थियो ।

  • २७ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech