५ जेष्ठ २०८१, शनिबार

बाँकेमा कैदीबन्दीद्वारा रक्तदान
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदीबन्दीले रक्तदान गरेका छन् ।

कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेको बाँके कारागारका जेलर रामकुमार सोनकरले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, चौकीदार प्रितम थापाले रगत दिएर रक्तदानको उदघाटन गरिएको हो ।

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा कारागारका सय जना कैदी बन्दीले रक्तदान गर्ने जेलर सोनकरले बताए ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech