१४ बैशाख २०८१, शुक्रबार

रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। यसअघि हरिहर अधिकारी ‘श्यामल’ राससमा अध्यक्ष थिए। उनले चार वर्षे कार्यकाल पूरा गरेपछि राससमा अध्यक्ष पद रिक्त थियो।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech