१५ चैत्र २०८०, बिहीबार

स्थानीय खाद्य अधिकार सवालमा बैजनाथका अध्यक्षःशाही
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले समृद्ध बैजनाथ निमार्णका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन।स्थानीय खाद्य अधिकार संजालले आयोजना गरेको जनप्रतिनिधि विच खाद्य अधिकार सवालको अन्तरक्रियामा बोल्दै शाहीले उक्त कुरा बताएका हुन। स्थानीय सरोकारवालाहरुको जिज्ञासा मेट्दै  अध्यक्ष शाहीले बैजनाथ १ करेली स्थित बन्चरे खोलामा पुल निर्माणका लागि स्थानीय सरकारले तत्काल कार्यान्वय गरिने  उल्लेख गरे । 
उनले  स्थानीय जनताहरुलाई  बाँके बर्दियाको बिच भागमा रहेको बन्चरे खोलाले समस्या दिइरहेको आफु अवगत रहेको बताउदै उक्त पुल निमार्ण कार्य तत्काल निमार्ण कार्य शुरुवात गरिने बताएका हुन।

उनले संघिय सरकार आउने किताब ढिला पठाएका   कारण सामुदायिक विद्यालयको अध्यापनमा समस्या देखिएको बताउदै आगामी वर्षहरुमा यस्ता कम्जोरी नहुने उल्लेख गरे । त्यसै गरी शाहीले दलित भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्नाका लागि जिल्ला भूमि आयोग सँग समन्वय र सककार्य भइरहेको बताउदै तत्काल अव्यवस्थित बसोबसासीहरुको व्यवस्थापन गर्न स्थानीय सरकार जोड दार रुपमा केन्द्रित रहेका्े बताएका छन।

उनले खाद्य अधिकारका सवालहरुमा स्थानीय जनताहरुको वर्गिकरण गरी आर्थिक विपन्न परिवारहरुका लागि आगामी वर्षका लागि ल्याइने नीति तथा कार्यक्रम मार्फत आवश्यक बजेट विनियोजन गरिने उल्लेख गरेका छन।

राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बस्तिका नागरिकहरुलाई परे्का समस्या बन्य जन्तु बाट भएको क्षतिका सवालहरुमा तद निकायहरु सँग समन्यन गरी स्थानीय सरकारले समेत आवश्यक क्षतिका लागि समेत बजेट मार्फत सम्बोधन गरिने बताएका छन।

कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक असोक भण्डारीले खाद्य अधिकारको अवस्था नाजुक रहेको बताए । उनले अझै पनि ३६ प्रतिशत नागरिक खाद्य अधिकार बाट बन्चित रहेको बताएका थिए ।उनले स्थानीय सरोकारवाल विच स्थानीय सरोकारका सवालहरुमा आर्थिक वर्ष २०७८ । ०७९ को स्थानीय सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा नेपालको संविद्यानले प्रत्याभूत गरेको खाद्य अधिकार सुनिश्चित गर्नाका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी फियान नेपाल क्षेत्रिय प्रमुख सुरेश गौतम स्थानीय खाद्य अधिकार संजालका पदाधिकारी सरोकारवाला निकाय लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरु फियान नेपालका कार्यकारी निर्देशक असोक भण्डारीले स्वागत तथा बधाइ ज्ञापन व्यक्त गरेका थिए ।

फियान नेपालले बैजनाथ गाउँपालिकामा स्थानीय खाद्य अधिकार संजालन मार्फत स्थानीय सरोकारका विषयमा खबरदारी तथा सवालहरुमा पैरवी गर्दै आइरहेको छ ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech