११ बैशाख २०८१, मंगलवार

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ शुक्रवार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।  विभागका अनुसार, हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

शुक्रवार दिउँसो तथा रातिसम्म नै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली  रही बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने विभाग पूर्वानुमान छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech