२८ आश्विन २०८१, सोमबार

वनमन्त्री हमालले विषालु सर्पको उद्दार गरेपछि..
  • न्युज मानसराेवर

बर्दिया \लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालको  नेतृत्वमा बर्दियामा विषालु सर्पको उद्दार गरिएको छ । कार्यक्रमको शिलसिलामा बर्दिया पुगेका मन्त्री हमालले गुलरियास्थित एक स्थानीयको घरमा फेला परेको सर्पको उद्दार गरेका हुन् ।

सर्प फेला परेको जानकारी पाएपछि डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी र सशस्त्र वन रक्षकको टोलीसहित पुगेका हमालले निडरका साथ सर्पलाई नियन्त्रणमा लिन सफल भएका थिए । उनको साहस देखेर स्थानीय बासिन्दा आश्चर्यमा परेका थिए ।

Snake Resque 21657372531.jpg

‘सर्पलाई कत्तिपनि डर नमानेर मन्त्री जस्ते ब्यक्ति आफै आएर समात्नु भयो, हामीलाई अचम्म लाग्यो,’ एक प्रत्यक्षदर्शीले भने । मन्त्री हमालले सर्प समाउन लाग्दा उनका अंगरक्षक र सशस्त्र वन रक्षक समेत डराएका थिए । तर उनले कत्तिपनि डर नमानेर सर्पलाई नियन्त्रणमा लिन सफल भए ।

सो क्रममा प्रत्यक्ष सहभागी भएका कपास विकास समितिका अध्यक्ष समेत रहेका हरित अभियन्ता हेमन्तराज काफ्लेले मन्त्री हमालको साहस देखेर आफु दंग परेको बताए । मन्त्री हमालले करिव एक दशक अघि क्यान्सर जस्तो रोगलाई समेत जित्न सफल भएका थिए । हमाल भारत्तोलनका ओलम्पियन समेत हुन् । नियन्त्रणमा लिइएको उक्त सर्पलाई प्राकृतिक बासस्थानमा छाडिने डिभिजन वन कार्यालयले जनाएको छ ।

  • २५ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech