१४ बैशाख २०८१, शुक्रबार

‘कोहलपुर दम्पत्ति हत्यामा अर्का व्यक्ति पनि संलग्न’
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४, ओढारपुरमा भएको दम्पती हत्यामा अर्का व्यक्ति पनि संलग्न रहेको खुलेको छ । साउन ९ गते राति २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको घरभित्रै हत्या भएको थियो ।

दाजु विजय गडरिया र भाउजू रेखा गडरियाको योजनामा कृष्ण र अञ्जलीको हत्या भएको थियो । दाजु विजय र भाउजू रेखाले ‘पैसा’ दिएर नेपालगन्जका सकिल अली शेष, राजन सोनकर र राजु बेहनालाई प्रयोग गरेर कृष्ण र अञ्जलीको हत्या गराएको खुल्न आएको छ ।

प्रहरीले विजय, रेखा, सकिल र राजनलाई पक्राउ गरेको छ । हत्यामा संलग्न राजु भने फरार रहेका छन् । पक्राउ परेका विजय र रेखाले पटक–पटक बयान फेर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी ऐनबहादुर मल्लले घटनाको रहस्य खुल्दै गइरहेको बताए । हत्यामा दुई जनामात्रै संलग्न भनिएको थियो । अनुसन्धान गर्दै जाँदा चारजना संलग्न रहेको पाइएको डिएसपी मल्लले बताए । डिएसपी मल्लले राजु बेहना फरार रहेकाले उनको खोजी भइरहेको बताए ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech