१३ बैशाख २०८१, बिहीबार

चलचित्र कृष्ण लिला अवलोकन गर्न दर्शकको घुइँचो
  • न्युज मानसराेवर

बाँके\ बागेश्वरी चलचित्र मन्दिरले ३३ औं बर्ष र क्यु.एफ.एक्स. सञ्चालनमा आएको ६ बर्ष पूरा गरेको अवसउरमा चलचित्र कृष्ण लिलाको पहिलो शो प्रर्दशन गरिएको छ । उक्त चलचित्र अवलोकन गर्न ठुलो संख्यामा पत्रकार, नागरिक अगुवा, प्रशासक, सुरक्षाकर्मी, कर्मचारी, उद्योगी, ब्यवसायी, साहित्यकार लगायतको उपस्थिती रहेको थियो ।

लक्ष्मण सुवेदीले लेखेको उक्त चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका छन् । श्रद्धा क्षेत्री सारा, पुष्पबहादुर खड्का लगायतको अभिनय रहेको उक्त चलचित्रले समाजको वास्तविक कथालाई चित्रण गरेको दर्शकले प्रतिक्रिया दिएका छन् । क्युएफएक्सका प्रबन्ध निर्देशक सञ्जिव शाक्यले चलचित्र कृष्ण लिला हेर्न दर्शकको घुइँचो लागेको बताए ।

बागेश्वरी चलचित्र मन्दिर र क्युएफएक्सको वार्षिक उत्सवको अवसरमा नेपालगन्जमा पहिलो पटक प्रर्दशनमा आएको उक्त चलचित्रले दर्शकको मन जित्न सफल हुने उनको विश्वास छ । ‘कृष्ण जन्माष्टमी पर्वको अवसर पनि परेको हुनाले यो चलचित्र हेर्ने दर्शकहरु धेरै आउनु भएको छ,’ उनले भने ।

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech