२७ आश्विन २०८१, आईतवार

साउनमा कच्चा पाम तेलको आयातमा उच्च वृद्धि
  • न्युज मानसराेवर

बाँके\चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीना साउनमा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा कच्चा पाम तेलको आयातमा उच्च वृद्धि भएको छ । सो अवधिमा कच्चा पाम तेलको आयात परिमाणमा १६ प्रतिशत र मूल्यमा करीब ७३ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी आयात इन्डोनेशियाबाट भएको छ । यस अवधिमा कच्चा पाम तेलको आयात २२ हजार किलोलिटर नाघेको छ, जसको भन्सार मूल्यांकन रू. ४ अर्ब १६ करोड रहेको छ ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech