८ बैशाख २०८१, शनिबार

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित
  • न्युज मानसराेवर

बाँके\नेपाल भलिबल संघ (एनभीए)को अध्यक्षमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्।

निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको छ। पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरे।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो।

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech