१९ आश्विन २०८१, शनिबार

बैजनाथ गाउँपालिकामा वक्तृत्वकला सम्पन्न
  • कल्पना कार्की

बाँके\५६ औ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा बांके जिल्लाको बैजनाथ गाउँ पालिकाको जनता आदर्श माध्यमिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी एकराज शर्माले शुभकामना दिएका थिए ।

शर्माले मानव जिवनमा शिक्षाको महत्त्व अपरिहार्य रहेको जानकारी गराउदै मानवीय व्यवहार तथा कार्यशैली लाई शिक्षाले निर्धारण गर्ने, आजको २१ औं शताब्दीमा हरेक व्यक्तिले आफ्नो क्षमता, कार्यकुशलता लाई व्यवहारिक रूपमा लागू गर्नु पर्ने वताए । उनले मानिस शिक्षाको माध्यम्बाट सधै समाजमा परिचीत हुने तथा समाजको गहनाका रूपमा रहन सक्ने तर्क पेश गरे ।

हिजोको समयमा घोकन्ते, सुगा रटाईको शिक्षा भएको र आजको समयमा खालको शिक्षा नभैइ विश्व प्रतिस्पर्धा गर्न सक्ने विज्ञान र प्रविधि युक्त शिक्षाको आवश्यकता रहेको जिकिर गरे । संसारका अधिकांश देशले शिक्षाको कारण निकै फड्को मारेको र आजको प्रतिस्पर्धामा उत्रिन सफल भएको छ । हामी आज हाम्रो पुर्खाले गरेका हरेक काम तथा व्यवहार र उनका कार्यशैलीको अंगिकार गरेकोले उनिहरु मरेर गएपनी जिवित रहेको जानकारी गराए । उनले आजका अभिभावकहरु विद्याल शिक्षा देखि वाक्क मानेकोले आफ्न सन्तान लाई विदेश जानका लागि प्रेरित गरेकोले स्कुल र कलेजमा छात्राहरुको संख्या बढिरहेको जानकारी गराए ।

आजको शिक्षा व्यवाहारिक, अनुशासनमुलक हुनु पर्ने कुरामा जोड दिदै आफुलाई अनुशाशित भएर समाजमा उभ्याउनु आवश्यक रहेको जानकार दिए । मानव जन्मिदा खाली मस्तिष्क लिएर आएको र शिक्षा जन्मेदेखी नमरुन्जे सम्म चलिरहने प्रक्रिया भएको धारणा राख्दै आम विद्यार्थीलाई त्यो खालको वातावरणमा आफुलाई सफल पार्न शुभकामना दिए । यसैगरी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश शर्माले संसार आफैमा पुस्ताकालय भएकोले औपचारिक तथा अनौपचारिक र नियमित रूपमा सिकाई हुने कुरा व्यक्त गरे ।

उनले विद्यार्थीले बाटो हिड्दै गर्दा, अभिभावक बाट,सहपाठी साथिबाट, सञ्चार माध्यम बाट सिकाइ हुने भएकोले त्यसबाट शिक्षा आर्जन हुने कुराको जानकारी दिए । आजको समयमा विद्यार्थी स्वयं शिक्षा आर्जनको बाटो तय गर्न, अनुशासन देखाउन र समाजमा राम्रो व्यक्तिको रुपमा परिचीत हुनु आवश्यक भएको जानकारी दिए । कार्यक्रमलाई अभ्यास शिक्षक भोजसिह बोहराले स्वागत मन्तव्य दिएका थिए ।

वक्तृत्वकला कार्यक्रममा जम्मा ६ जना विद्यार्थी सहभागी भएका थिए । उक्त कार्यक्रममा अन्जु थापा प्रथम, लक्ष्मी चन्द दोस्रो, गोविन्द बडुवा तेस्रो र शारदा दर्लामी सान्तोना भएका थिए । कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र सान्तोना विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको निर्णायकको जिम्मेवारी धनिराम जैसी, शोभा भन्डारी सहित तीन जना विद्यालयका शिक्षक रहनु भएको थियो ।

अभ्यास शिक्षक शंख प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन शान्ति रावतले गरेकी थिन । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन अभ्यास शिक्षक जितेन्द्र सिह सुनारले गरेका थिए । वक्तृत्व कलाको शिर्षक मानव जिवनमा शिक्षाको महत्व रहेको थियो ।

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech