१६ चैत्र २०८०, शुक्रबार

प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिता सुरु
  • न्युज मानसराेवर

बाँके\युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन।

शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताएका हुन।

बिभिद कारणले विदेशी भुमीका रहेका नेपालीहरुबिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने उल्लेख गरे ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गरेका छन।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech