८ बैशाख २०८१, शनिबार

नेपालगञ्‍जको ब्लड बैंकलाई तीन करोड बजेट
  • न्युज मानसराेवर

कोहलपुर– नेपालगञ्‍जमा ब्लड बैंकको आफ्नै सुविधा सम्पन्‍न भवन बन्‍ने भएको छ। भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन करोड रुपैयाँ विनियोजन गरिसकेको छ।

बाँकेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बिहीबार ब्लड बैंक भवनको शिलान्यास गरेका छन्।

भेरी अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जानकारी दिएको छ।

विनियोजित बजेटमध्ये पाँच लाख रुपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ। दुई करोड ९५ लाख रुपैयाँ भवन निर्माणमा खर्चिने भएको जनाइएको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका उपसचिव पशुपति पुरीकाअनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयानुसार नेपालगञ्‍जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ।

  • ३० भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech