८ बैशाख २०८१, शनिबार

नेकपा एमाले बाँके द्धारा भट्टराइको निधनमा शोक वक्तव्य
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले बाँकेले शोक वक्तब्य प्रकट गरेको छ ।नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति द्धारा  जारी विज्ञप्ती मार्फत सत्यदेव भट्टराईको निधनमा शोक वक्तव्य प्रकट गरेको हो ।

तत्कालिन मध्यपश्चिम कम्युनिष्ट आन्दोलनका त्यागी बाम अगुवा नेता भट्टराइ निधनले बाम आन्दोलनमा ठुलो क्षति समेत पुगेको शोक वतव्य मार्फत उल्लेख गरिएको छ । त्यसै गरी भट्टराईको निधनमा नेकपा एमाले बाँकेले (भोली)  ३ गते  आफ्ना सम्पूर्ण भातृय संगठनका कार्यक्रमहरु स्थगित गरेको  विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

त्यसै गरी शोक वक्तब्य  मार्फत  पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय समेत गरिएको  जानकारी गराइएको छ ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech