६ चैत्र २०८०, मंगलवार

लाल मोहम्मदको हत्याका योजनाकारसहित तीन सार्वजनिक
  • न्युज मानसराेवर

काठमाडौँ\लाल मोहमद भनिने मोहम्मद दर्जीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ। काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। दर्जीको काठमाडौँको गोठाटारमा गत ३ गते साँझ गोली हानी हत्या भएको थियो। उनी कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेन्ज इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक थिए।

हत्याका योजनाकार तथा हतियार व्यवस्थापनमा संलग्न महोरम मियाँसहित तीन जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार २१ वर्षीय महोरम वीरगन्ज महानगरपालिका–१६ का हुन्।

यस्तै घटनामा संलग्न भएको आरोपमा वीरगन्ज महानगरपालिका-१५ का १९ वर्षीय रेहान मियाँ छन्। मृतकको गतिविधि नियन्त्रणमा संलग्न मकवानपुर बकैया गाउँपालिका-१ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङताङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट पेस्तोल एक थान, खोका चार थान र गोली ४ राउन्ड बरामद गरेको छ।

पक्राउमा परेका तीन जना उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद- १२ को ज्यान सम्बन्धी कसुर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech