१४ बैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद आजदेखि
  • न्युज मानसराेवर

बाँके\नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा शुक्रबार सुरु हुँदैछ। प्रतियोगितामा ११ टोलीका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।सातप्रदेश, तीन विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब) र गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीका खेलाडीले व्यक्तिगत र समूहगत खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुदपरिषद् (राखेप)ले जनाएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा प्रतियोगिता उद्घाटन गर्ने भएका छन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए। ‘नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको छ। हामी ११ टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकसँगै खेलप्रेमी महानुभावलाई स्वागत गर्न आतुर छौं’, सदस्यसचिव घिसिङले भने।  उद्घाटन कार्यक्रम दिउँसो ४ बजे सुरु हुनेछ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech