१२ बैशाख २०८१, बुधबार

एपिएफ महिला क्रिकेटको फाइनलमा
  • न्युज मानसराेवर

पोखरा\एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सोमबार पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो। एपिएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनै पनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्।

लुम्बिनीलाई सस्तैमा रोक्न एपिएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नो नाममा लेखाइन्। पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो। एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन्।

प्लेयर अफ द म्याच समेत रहेकी ज्योतिले ६१ बलमा ७ चौका प्रहार गरिन्। टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सीता रानामगरले ११ जोडिन्। लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनीषा रानाले १ विकेट लिए।

  • ३१ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech