१४ बैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुदमा आर्थिक हिनामिना भएको भन्दै अख्तियारमा उजुरी
  • न्युज मानसराेवर

बाँके\नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा आर्थिक अनियमितता भएको भन्दै नागरिक समाज कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।

गत २८ असोजमा प्रतियोगिताको उपपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन र ३ कात्तिकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा भव्य समारोहबीच समापन गरेका थिए। उद्घाटन र समापन समारोहमा कानुनविपरीत आतिशबाजी गरेर लाखौं रकम हिनामिना गरिएको भन्दै उचित छानबिन गर्नुपर्ने नागरिक समाजको माग छ।

साथै, प्याराग्लाडिङ सञ्चालनका लागि नागरिक उड्ययन प्राधिकरणसँग स्वीकृति नलिएको, प्रचलित कानुनविपरीत आतिशवाजी गरिएको र खेल आयोजनापूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेल मैदानको स्तरोन्नति नाममा भएको खर्च विवरण छानविन गर्न माग गर्दै उजुरी दिइएको नागरिक समाजका पूर्वअध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech