७ बैशाख २०८१, शुक्रबार

तोलामा ६०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके\आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ।  गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य ९७ हाजर ५०० रुपैयाँ थियो। यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। यससँगै, चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech