१४ बैशाख २०८१, शुक्रबार

१६औं वार्षिक उत्सव मनायो काेहलपुरमा गरिमा विकास बैंकले
  • न्युज मानसराेवर

कोहलपुर / गरिमा विकास बैंकले काेहलपुरले आफ्नो १६ औं वार्षिक उत्सव मनाएकाे छ । आफ्नो बार्षिक उत्सवमा गरिमाले  रक्तदान कार्यक्रम समेत गरेकाे छ ।

रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता जनाएका थिए । बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा रक्तदान कार्यक्रम गरिएको बैकले उल्लेख गरेकाे  छ ।  रक्तदान कार्यक्रमबाट ३७ युनिट भन्दा बढी रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा बोल्दै बैंकका नेपालगन्ज शाखा प्रमुख हर्क धामीले १६औं बर्षमा प्रबेश गरेको उपलक्षमा देशैभर रहेका बैंकका कलस्टर कार्यालयहरु र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरीएको बताए ।

उनले बैंकको बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु गर्दै आएको र त्यसैको निरन्तर्ता स्वरुप आज रत्तदान गरीएको बताए ।

बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech