७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज ५औं मेयरकप साइकल प्रतियोगिता सम्पन्न
  • न्युज मानसराेवर

बाँके\हरेक बर्ष आयोजना गरिँदै आएको नेपालगञ्ज साइक्लोथन ५ औं मेयरकप साइकल दौड प्रतियोगिता नेपालगञ्जमा सम्पन्न भएको छ । शनिवार एक समारोह बिच नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले फ्ल्याग अफ गरि प्रतियोगिताको शुरुवात भएको थियो ।

नेपालगञ्ज साइक्लिङ क्लबको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा विभिन्न ५ बिधाका साइकलका खेल समेटिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

३५ किलोमिटर तर्फ एमटिभी पुरुषमा देव बहादुर बोहरा प्रथम, जङ्गु थारु द्धितीय र शिवप्रसाद थारुले तृतीय स्थान प्राप्त गरे भने किलोमिटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की द्धितीय, पार्वती सार्की तृतीय स्थानमा आउन सफल भए ।

यसैगरी ४० बर्ष माथिको एमटिभी मास्टर समुहमा प्रतिस्पर्धा गर्दै दिपक मल्ल प्रथम, बाबुराम बिश्वकर्मा द्धितीय र किरणप्रसाद श्रेष्ठ तृतीय भए । साधारण साइकल पुरुष तर्फको उपाधी जित्दै रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु द्धितीय र जुगलाल थारुले तृतीय स्थान प्राप्त गरे भने साधारण साइकल महिला तर्फको उपाधी जित्दै इन्दिरा थारु प्रथम, मिनाकुमारी थारु द्धितीय र कल्पना सार्की तृतीय भए ।

प्रतियोगितामा बिजेतालाई नगद/मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्जका मेयर प्रशान्त बिष्टले प्रदान गरे भने एमटिभी पुरुष तर्फका प्रथम, द्धितीय र तृतीयलाई बिबि साइकल सेन्टर र महिला तर्फ नेपालगञ्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचिव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।

क्लबका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष निरौलाले प्रतियोगितामा बिजेता सबभन्दा बधाईका साथै सरोकारवाला निकाय, सहयोगी सस्थाहरु र नेपाल प्रहरीलाई धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा जोडिएका सहयोगी दैनिक नेपालगञ्ज, नेशनल प्याथ ल्याब, बिबि साइकल सेन्टर, नेपालगञ्ज बाइसाइकल प्रालि, रक्षक सेक्युरिटीलाई समेत क्लबले बिशेष धन्यवाद दिँदै साइक्लिङलाई स्वास्थ्य, खेलकुद, पर्यावरण र पर्यटनसङ्ग जोडेर नियमित रूपमा काम गरिरहेको समेत क्लबका कोषाध्यक्ष राजेस गुप्ताले बताए ।

प्रतियोगितामा सबै बिधामा गरि ६७ जना महिला/पुरुषले सहभागिता जनाएका थिए ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech