७ बैशाख २०८१, शुक्रबार

बाँके र कैलालीमा सिभिल बैंकको ‘गो क्यासलेस’ अभियान
  • न्युज मानसराेवर

बाँके\सिभिल बैंकले बाँकेको नेपालगञ्ज र कैलालीको जानकी गाउँपालिकामा ‘गो क्यासलेस’ अभियान सुरु गरेको छ। क्यासलेस अभियानको उद्घाटन जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमतिदेवि कठरीयाले गरेकी हुन्।

त्यसैगरी नेपालगञ्जमा क्यासलेस अभियानको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले गरे। बैंकले जानकी र नेपालगञ्ज दुवै स्थानमा साना व्यवसाय, टेम्पो, सार्वजनिक बसलगायतमा क्युआरको व्यवस्था गरेको छ। जसमार्फत ग्राहकले नगदरहित भुक्तानी गर्न सक्नेछन्।

सिभिल बैंकले डिजिटल भुक्तानी र कारोबारलाई प्रोत्साहन दिन देशभर ‘गो क्यासलेस’ अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत बैंकले ठूलादेखि ससाना व्यवसायमा समेत क्युआर कोडको व्यवस्था गरेको छ।
२०१९ अगस्टदेखि सुरु भएको सिभिल बैंकको नगदरहित अभियानमा हालसम्म ४० हजारभन्दा बढी क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन्।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech