१२ बैशाख २०८१, बुधबार

आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य
  • न्युज मानसराेवर

बाँके\यही मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् ।

बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालगञ्ज म्याराथनसम्बन्धी सम्पुर्ण कारोबार सिद्धार्थ बैंकबाट गरिनेछ ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीकै परिचयका रुपमा स्थापित नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपप्रदेश प्रमुख गड्तौलाले बताए । क्रियटिभ गन्जका सिओओ शाहले सिद्धार्थ बैंकसँगको सहकार्यले अन्य नीजि क्षेत्रलाई पनि प्रोत्साहित गर्ने धारणा राखे ।

विश्व म्याराथनको नियमनकारी निकाय एसोशिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण तथा पुर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागको आठौं संस्करणमा विदेशी धावकको समेत सहभागिता रहनेछ । धेरैभन्दा धेरै विदेशी खेलाडीलाई नेपालगञ्ज म्याराथनमा सहभागी गराइ यस ठाउँलाई गन्तव्यका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै जानुपर्ने सिओओ शाहको भनाइ छ ।

यसपटक दुई दिने कार्यक्रम गरी नेपालगञ्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रवार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिवार बिहान म्याराथन आरम्भ हुनेछ ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech