१३ बैशाख २०८१, बिहीबार

काेहलपुरमा छैटाै मेयरकपकाे तयारी अन्तिम चरणमा
  • न्युज मानसराेवर

बाँके\यही पुष ८ गतेदेखि ११ गतेसम्म हुन लागेकाे काेहलपुर नगरपालिका स्तरिय छैटाै मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएका छन।

काेहलपुर-१, काैशिलानगरमा रहेकाे कृष्ण माध्यमिक बिद्यालयकाे खेल मैदानमा हुनलागेकाे छैटाै मेयरकप रनिङ्ग शिल्ड प्रतियाेगितामा सामुदायीक १३ तथा संस्थागत २४ गरि जम्मा ३७ बटा बिद्यालयका जम्मा ८१९ जना खेलाडीले प्रतियाेगितामा भाग लिएकाे रनिङ्ग शिल्ड संचालन तथा ब्यवस्थापन समितिका सदस्य सचिव एवं कृष्ण माध्यमिक बिद्यालयका प्र अ दिलिप वलीले जानकारी दिए ।

खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड,लङजम्प ,भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुनेछन ।

प्रतियाेगिता ब्यवस्थित बनाउन काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि थापा मगरकाे संयाेजकत्वमा १७ सदस्यीय खेल संचालन तथा ब्यवस्थापन उप समिति , बुद्धि थापाकै संयाेजकत्वमा जुरी अफ अपिल,राशन श्रेष्ठको संयाेजकत्वमा अभिलेख व्यवस्थापन उप समिति,अनिल सेन ठकुरीकाे संयोजकत्वमा प्राथमिक उपचार उप समिति, बिनाेद भट्टराईकाे संयोजकत्वमा प्रचार प्रसार तथा सुचना सम्प्रेषण उप समिति,ऋषिराम शर्मनकाे संयोजकत्वमा उद्घाेषण उप समिति लगाएत विभिन्न ९ वटा उपसमिति गठन गरेकाे प्र अ वलीले जानकारी दिए।

जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गर्ने उक्त रनिङ शिल्डका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएकाे प्र अ वलीले जानकारी दिए।

कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख वीरेन्द्र कुमार शाह,सामाजिक बिकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा प्रमुख रविलाल मिजार,नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमितिका संयाेजक लगाएतकाे उपस्थिती रहेकाे थियो ।

कार्यक्रमकोकाे सञ्चालन प्रचार प्रसार उपसमितीका संयोजक बिनोद भट्टराईले गरेका थिए

  • ६ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech