११ बैशाख २०८१, मंगलवार

बाँकेमा नेपालगञ्ज महोत्सव हुने
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा माघ १० देखि माघ २४ गतेसम्म कृषि, उद्योग, पर्यटन र व्यापार प्रदर्शनी प्रवर्धन नेपालगञ्ज महोत्सव २०७९ को आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि. बाँकेको संयुक्त आयोजनामा सडक डिभिजन कार्यालय परिसर कारकादोमा रहेको फिल्डमा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता राखिने भएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी देवा थापाको सहभागिता रहनेछ । महोत्सवमा ३०० स्टल रहनेछ जसभित्र थारु होमस्टे थारु गाउँ पनि रहनेछ । महोत्सवभित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहनेछ । खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहनेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु गरी ५० बढी कलाकारहरुको सहभागिता रहनेछ । उदघाटनको दिन धम्बोझीदेखि कार्यक्रम स्थलसम्म भव्य झाँकीको आयोजना गरिनेछ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्यमीहरुको उत्पादन र स्थानिय बस्तुलाई पहिलो प्राथमिकता दिईने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेशका लागि ६० रुपैया र विद्यार्थीलाई ५० रुपैया टिकट दर रहनेछ ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech