८ बैशाख २०८१, शनिबार

प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङमा शुरु
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङको घोराहीमा शुरु भएको छ । अधिवेशनको उदघाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गरेका छन् ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष माधव अर्यालको सभापतित्वमा जारी उदघाटन सत्रमा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रम जारी छ । नेपाल प्रेस युनियन दाङ शाखाको आतिथ्यतामा भएको अधिवेशनले लुम्बिनी प्रदेशस्तरमा पहिलो कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन उदघाटन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलिप पौडेल लगायत पदाधिकारी र केन्द्रीय समिति सदस्यहरु, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी लगायत उपस्थित छन् ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech