८ बैशाख २०८१, शनिबार

बाँकेमा बिपन्न विद्यार्थीलाई स्वटर वितरण
  • कल्पना कार्की

बाँके\मेची महाकाली बुहारी संयुक्त आवाज  बाँके द्वारा  ५० जना बिपन्न  बिद्यार्थीहरुलाई स्विटर बितरण गरिएको छ । बाँके जिल्लाको नेपालगञ्ज स्थित   नेपाल राष्ट्रिय आधारभुत बिद्यालय नेपालगन्ज १९ कण्ठीपुरका ५० जना   बिद्यार्थीहरुलाई स्विटर बितरण गरिएको  हो ।

 मेची महाकाली बुहारी संयुक्त आवाज बाँके जिल्ला  सचिव प्रमिला शाहीले आफ्नो जन्मदिनको अवसरमा  उक्त  स्विटर बितरण सहयोग गरिएको जिल्ला सँयोजक उर्मिला पाण्डे जानकारी गराएकी छन।

मेची महाकाली बुहारी संयुक्त आवाज बाँके सल्लाहकार तथा माननीय बसन्ती अधिकारीले स्वटर बितरण गरेकी थिइन। अधिकारीले मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले यस्ता कार्यक्रमहरुको निरन्तरता दिन आवश्यक रहेको बताएकी थिइन।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech